घोराही
१७ साउन / कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अबधीमा दाङका एक सय २४ व्यवसायीहरु विस्थापित भएका छन् । लम्बिदो लकडाउन र भाडा तिर्नै नसक्ने अबस्था आएपछि जिल्लाभरका एक सय २४ व्यवसायीहरुले व्यवसाय नै बन्द गरेर बिस्थापित भएका हुन् ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालका अनुसार भाडा तिर्न नसक्दा, लामो समयको लकडाउनले व्यवसाय फस्टाउने नदेख्दा र पसलको समानको मूल्य भन्दा बढी भाडा तिर्नुपर्ने भए पछि व्यवसायबाट विस्थापित भएका छन् । सबै भन्दा धेरै होटल व्यवसायी र शैलुन पसलहरु विस्थापित भएका छन् ।

अधिकांशले घरबेटीलाई भाडा बुझाएर व्यवसाय नगर्ने निर्णयमा पुगेका छन भने केहीले समानको मूल्य भन्दा धेरै भाडा तिर्नुपर्ने भएका कारण पसल नै खोल्न आएका छैनन् । होटल, सैलुन, फेन्सी र कस्मेटीक पसलहरु बढी मारमा परेका छन् ।

संघका अनुसार घोराहीमा मात्रै ४४ जना व्यवसायीहरुले व्यवसाय छोडेर घर फर्किएका छन् । कोरोना संक्रमण रोकथाम हुने कुनै लक्षण नदेखिए पछि व्यवसायीहरुले बैकल्पीक पेशा सञ्चालन गर्ने सोच बनाएर व्यवसाय बन्द गरेको संघका अध्यक्ष भुसालको भनाई छ ।

प्रतिकृया

प्रतिकृया