तुलसीपुर
१७ साउन / तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियारले स्रोत नखुलेको साढे १४ लाख रकमसहित पक्राउ गरेपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शनिबार एक बिज्ञप्ति जारी गरि प्रमुख पाण्डेले आफु निर्वाचित भएरआएपछि भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अनुसार काम गरिरहेको भएपनि प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई अख्तियारले पक्राउ गर्नुले आश्चार्य तुल्याएको बताएका छन् ।

‘उपमहानगरपालिकामा हामी आएको यो ३ वर्षकाबीचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन’, उनले बिज्ञप्तिमा लेखेका छन्‘हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको छ ।’

उनले यस बिषयमा सत्य, तथ्य छानविन गरि आबश्यक कारवाहीकोलागि सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् । अख्तियार दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेको पाइएमा सूचना गर्नका लागि आफुहरुले निरन्तर सूचना समेत दिदै आएको समेत उनले बताए ।

प्रतिकृया

प्रतिकृया