तुलसीपुर
२२ साउन / दाङको गढवा गाउँपालिका वडा नं. ८ कोइलाबास निवासी दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको घर सिल गरिएको छ । दाङमा पहिलो पटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि घर सिल गरिएको हो ।

२१ र ४५ बर्षीय दुई पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन अघि मात्रै उनीहरु भारतको बम्बईबाट घर फर्किएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । साथै उनीहरुको सम्पर्कमा आएकाको पहिचान गरि कन्ट्रयाकट्रेसिङको काम भइरहेको छ ।

समुदायस्तरमा थप कोरोना संक्रमण फैलिन नदिन घरलाई सिल गरिएको चौधरीले बताए । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर जिल्लाले पत्राचार गरे अनुरुप ४० जना नाकावासीको स्वाव संकलन गरिएकोमा ती मध्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया

प्रतिकृया