२००७ सालपछिको क्रान्तिपछि तुलसीपुरमा स्कुल खोल्ने कुरा आयो । ७ सालमा फलावाङगी राजा जितेन्द्रबहादुर शाहबाट जनताहरुको माग अनुसार तुलसीपुरमा स्कुल संचालन गर्नको लागि स्विकृति प्रदान गरे । सोही स्कुल हो अहिले तुलसीपुर १२ स्थित महेन्द्र माद्यामिक विद्यालय । जुन स्कुलको नाम जितेन्द्र मिडिल स्कुल तुलसीपुर रहन गयो । त्यतिवेला तुलसीपुरमा राजाले जनताको सेवाको लागि बनाएको अस्पतालको परिसरमा पढाउने अनुमती दिईयो । स्कुलको लागि राजाले बार्षिक २ हजार नौ सय ६० रुपैयाँ आर्थिक सहायता गरेका थिए । उ बेलामा स्कुलको प्रधानाध्यापक अम्विका प्रसाद मिश्रको मासिक तलब ७५ रुपैयाँ थियो ।  त्यसैगरी दोस्रो प्राध्यापक हरीबहादुर श्रेष्ठको तलव ६५ रुपैयाँ र तेस्रो प्राध्यापक मित्रलाल आर्चायको तलब ६५ र चौथो प्राध्यापक नारायाण प्रसाद रजौरेको तलव ४५ रुपैयाँ थियो ।

२००८ सालमा स्कुलमा ७० जना विद्यार्थीहरुले अध्ययन गर्थे । अध्ययनको लागि पहिलो हिउँदमा राजाको मिल घरमा पढाई भयो भने दोस्रो हिउँदमा रामलाल योगीको घरमा पढाई भयो । बर्षादको समयमा राजाको नयाँदरबार फालावाङमा पढाई हुन्थ्यो ।  त्यसपछि २०११ सालमा जनताहरुले नै अहिलेको गणेश पाउरोटी उद्योगको दक्षिण तर्फ राजाहरुको हात्ती बाध्ने ठाउँमा माटोको आठ कोठाको घर बनाएर २०१७ साल सम्म पढाई सञ्चालन भएको थियो । २०१२ सालमा दाङ तेघरा निवासी माहिला काजि भिम बहादुर शाहलाई राजाले मालका हाकिमको जिम्मा दिएका थिए । २०१४ सालमा निजका जेठा छोरा ललितबहादुर शाह विद्यालयको सेक्रेटरी भए ।

त्यसपछि २०१८ सालमा विद्यालयका प्रधान्याध्यापक, प्राध्यापक संचालक समितिहरुले माहिलाकाजीसंग मौखिक रुपमा विद्यायल सञ्चालनका लागि जग्गा माग गरे । त्यसपछि माहिला काजीले तुलसीपुरमा रहेको साढे २७ विघा आफ्नो निजि जग्गा विद्यायललाई हस्तान्तरण गरे । २०१८ सालमा रजौरा, डुम्रीगाउँ, वरुवागाउँ, दोघरे, वेलुवा, पातु, नामिनगर, तुलसीपुर, श्रीगै, खर्चवा, मोतीपुर, राजापुर, वनकट्टा, गाईडहर, उत्तरकपडादेवी, दक्षिण कपडादेवी, टरीगाउँ, राईखलियानका स्थानीयहरुको सहयोगमा खरको छानो लगाएको १९ कोठे भवन निर्माण भयो । त्यसैबेला द्रत्तात्रमय ज्गैञा सांसद भए । उनलाई सर्व सहमतीबाट विद्यालयको सेक्रेटरी बनाईयो ।

त्यसपछि यनी काठमाडौँ गएर राजा वीरविक्रम शाहबाट १० कक्षासम्मको स्विकृती ल्याए र माध्यमिक विद्यालयको उद्घाटन गरेर प्रध्यानाध्यापक भारत घर भएका रामलोचन सिंह आए । केही भारतका र केही नेपालका अध्यापक भर्ना गरि सुचारु रुपले स्कुल चन्दै आयो । २०३१ सालमा राप्ती अञ्चलका अञ्चलाधीश चन्द्रमान थकालीको सहयोगमा ५ कोठाको पक्की भवन बन्यो र जग्गाको नापी गराई जग्गा विद्यालयको लालपुर्जा समेत बन्यो । विस्तारै केही सरकारी र केही अरुदाताहरुबाट पक्कीकोठा बने । की हेडमास्टर फेरिए, कि त विद्यालय व्यवस्थापन समिति पनि फेरिए । त्यसपछि २०६३ सालमा सालमा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद रजौरे चुनिए । उनी अध्यक्ष भएर स्कुलमा जाँदा स्कुल स्थापनाका लागि साढे २७ विघा आफ्नो निजि जग्गा दान गर्ने दाता माहिला भिमबहादुर शाहको केही रेकर्ड भेटाएनन् । सबै समितिसंग सरसल्लाह गरेर भूमिदाताका परिवारको रेकर्ड राख्नुपर्छ भनि आवाज उठाए र सबैको स्विकृति अनुसार माईनेटिङ बुकमा स्विकृती भयो ।

अध्यक्ष नारायण प्रसाद रजौरे र प्रध्यानाध्यापक जितबहादुर थापा मिलेर कामको सिलसिला बनाउदै थिए त्यहीबेला जग्गादाता माहिला शाहका कान्छा छोरा ईन्जिनियर किरणबहादुर शाह स्कुलमा आए थप सहयोग गरे । त्यसपछि किरण शाहलाई ३ महिना काठमाडौँ बस्न लगाई जग्गादाता श्रीमान–श्रीमती दुवैको मूर्ति बनाईयो । त्यसपछि २०७६ पुस २३ गते विद्यालयको बार्षिकत्सवको अवसरमा मूर्तिको अनावरण तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका थिए ।

लेखक : नारायण प्रसाद रजौरे
तुलसीपुर ६ रजौरा

प्रतिकृया

प्रतिकृया