प्रिया स्मृती गजमेर,देउखुरी
२८-भदौ /
लमही-घोराही सडक एक्कासि भासिएको छ । सडक भासिदा आवतजावतमा समस्या भएको छ भने दुर्घटनाको समेत जोखिम बढेको छ ।

आइतवार विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब दुई किलोमिटर अगाडि पक्की सडक एक्कासि भासिएको हो ।

सडकको दायाँ पट्टीको भाग पुरै भासिएर खोलामा पहिरो खसेको छ । सडक भासिदा दुबै तिर चिराचिरा परेको छ । लमही घोराही सडक खण्डमा अहिले यातायात एक तर्फे रुपमा मात्रै संचालनमा छ । सडक भासिएको स्थानमा वडा प्रहरी लमही र अस्थायी ट्राफिक पोष्ट लमहीको टोलि पुगेको छ ।


प्रतिकृया

प्रतिकृया