घोराही
२९-भदौ / दाङमा सोमबार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वब परीक्षणमा घोराही उपमहानगर का १९ जना, शान्तिनगर का १७ जना, बबई का ८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रतिष्ठानमै गरिएको स्वाब परीक्षणमा सल्यान शारदा नगरपालीकाका २ र रोल्पा त्रिवेणी गाउँपालिकाका २ जनामा पनि कोरोना देखिएको छ । बितेको २४ घण्टामा प्रतिष्ठानले १ सय ९५ जनाको स्वाब जाँच गरेको छ ।

सोमबार पुष्टि भएका ४४ जना सहित दाङमा कोरोना संक्रमित को संख्या ९ सय १९ पुगेको छ । अहिले सम्म ७ सय ४३ जना कोरोना मुक्त भएका छन् । प्रतिष्ठानमा अझै ३ सय ९३ जनाको स्वाब परीक्षण हुन बाँकी छ ।

प्रतिकृया

प्रतिकृया