तुलसीपुर,
३०-भदौ /  दाङमा करेन्ट लागेर तीन वालवालिकाको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका ४ बर्षीया रेणुका चौधरी, ८ बर्षीय प्रशान्त चौधरी र ३ बर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
उनका अनुसार स्थानीय एक व्यक्तिको निधन भएको घरमा शुद्धशान्तिकालागि मोटर जोडेर कुलोमा पानी तानिरहेको अबस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो ।
मंगलबार दिउसो १ बजेतिर भएको घटनामा मृत्यु भएका उनीहरुको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया