प्रिया स्मृती गजमेर,लमही, ३० भदौ / दाङको देउखुरीमा कोरोना संक्रमण त्रासकाबीच विशाल कार्यक्रम भएको छ । कम्युनिष्ट पार्टी (नेकपा)ले देउखुरीमा बिशाल कार्यक्रमको आयोजना गरेको छ ।

राजपुर राजपुर गाउँपालिका वडा नं. ५ स्थित जंग्रहवामा बिशाल पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित भएका नेता देखि लिएर कार्यकर्ताले मुखमा मस्क लगाए पनि सामाजिक दुरी नै कायम भने गरेका थिएनन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेटमनी चौधरी, नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, प्रदेश साँसद दामा शर्मा, इन्द्रजित थारु लगायतको सहभागिता थियो । त्यस अवसरमा नेपाली कांग्रेस परित्याग गरि कांग्रेस पूर्व क्षत्रिय सचिबसहित तीनसय ३८ जना नेकपामा प्रवेश गरेका हुन् ।

यस कार्यक्रमका विषयमा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले महामारीका बेला कसैलेपनि भिडभाड, सभा सेमिनार गर्न नपाईने बताए । देउखुरीको राजपुरमा आयोजना गरिएको कार्यक्रमको बारेमा आफुलाई कुनै पनि जानकारी नभएको बताए ।

प्रतिकृया

प्रतिकृया