तुलसीपुर
३१ भदौ / बुधबार बिहान सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र बिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा भुकम्प गएको हो । यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल-भारत सीमा क्षेत्रलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो ।

प्रतिकृया

प्रतिकृया