तुलसीपुर, ६ असोज/ दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ मा बनेको शवदाहगृह निर्माण कार्यको चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जालदेखि स्थानीयहरुले वडाको चारलाख ८५ हजार लागतमा निर्माण भएको उक्त शवदाहगृहको फोटो सार्वजनिक गर्दै आलोचना गर्ने गरेका छन् ।


                                                                                 ADVERTISEMENT



एउटा शवदाहगृहकालागि त्यति ठूलो रकम खर्च भएको भन्दै त्यसमा अनियमितता भएको नाम नबताउने सर्तमा एक स्थानीयले आरोप लगाए ।

शवदाह गृहमा पुरानो जस्तापाता राखिएको छ, शवदाहगृह जस्तो पनि छैन्’, उनले भने‘ जाली लगाएपनि त्यहाँ चारलाख ८५ हजार खर्च हुने जस्तो छैन् ।’ जसमा ४८ हजार पाँचसय जनश्रमदान छ ।

उक्त कार्यको पूर्वसचिब भीम उपाध्यायले पनि अआपत्ति जनाएका छन् । उनले सोही शवदाहगृहको फोटो सार्वजनिक गर्दै लेखेका छन्‘ दाङ शान्तिनगर–५ मा रु ४ लाख ८५ हजारमा बनेको शवदाहगृह ।’

भीम उपाध्यायको यही स्टाटस्लाई स्क्रिनसर्ट गर्दै गाउँपालिकाका ईञ्जिनियर धर्म बेलवासेले खण्डन गरेका छन् ।‘आर्थिक बर्ष २०७६÷०७७ मा निर्माण भएको शवदाहगृहमा फिल्ड निर्माण,खोलाबाट शवदाहा गृहलाई संरक्षण गर्न ५०/५२ वटा ग्याविन तारजालि र तपाईले फोटोमा देखाउनु भएको भवन निर्माण भएको थियो ।

यि सबै निर्माण गर्न त्यति रकम पर्याप्त छ÷छैन, आफै मुल्यांकन गर्नुहोस् ।’उनले सामाजिक सञ्जालमा लेखेका छन्‘त्यति गर्दा पनि तपाइ ठिक छ भन्नेमा पुग्नु भएन भने आजै उक्त फिल्डमा आहेर हेर्नुहोस वा शान्तिनगर गाउपालिकामा संपर्क गर्नुहोला ।’

वडाध्यक्ष गिरिराज बस्नेतले शवदाहगृह संरक्षणकालागि तारजाली समेत लगाएको उनले बताए । तारजाली लगाउँदा त्यो रकम पनि अपूर्ण रहेको उनको भनाई छ ।‘हामीले शवदाहगृह बगाउँलाकी भनेर तारजाली लगाएका छौं’, उनले भने‘जाली भर्न ढुंगा बोक्नु प¥यो, त्यो रकमले पुग्ने अबस्था पनि थिएन् ।’

निर्माण समितिका अध्यक्ष तोरण ठाडाले स्टिमेट भन्दा पनि बढि काम भएको बताए ।‘५० वटा जाली लगाउने स्टिमेट थियो, तर हामीले ५१ वटा जाली लगाएका छौं’, उनले भने‘शवदाहगृहमा दाउरा राख्ने मात्रै ठाउँकालागि स्टिमेट थियो, तर हामीले मान्छे बस्न मिल्ने समेत बनाएका छौं, एक तिर मात्रै जस्तापाता लगाउने स्टिमेट थियो, हामीले थपेर अन्य ठाउँमा पनि मान्छे बस्न सहज होस्, भनी जस्तापाता लगाएका छौं ।’

प्रतिकृया

प्रतिकृया