घोराही, ६ असोज/ दाङमा चालु आर्थिक बर्षको दुई महिनामा विभिन्न लागु औषध सहित २३ जना पक्राउ परेका छन् । लागु पदार्थ ओसारपसार गर्ने र दुर्व्यसनीमा फस्नेहरुको संख्या बढ्दै जाँदा प्रहरीले अभियान नै सञ्चालन गरि लागु औषध नियन्त्रण थालेको छ ।


                                                                                 ADVERTISEMENT



जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक बर्षको २ महिनामा २१ जना पुरुष र ३ जना महिला लागु औषध सहित पक्राउ परेका छन् ।

ब्राउन सुगर सहित १२ जना, अफिम सहित ५ जना, चरेस सहित ५ जना पुरुष र चरेस सहित ३ जना महिला पक्राउ परेको प्रहरी निरिक्षक राजनकुमार गौतमले जानकारी दिए ।

ति व्यक्तिहरुको साथबाट करिब २३ किलो विभिन्न लागु औषध बरामद भई कानुनी कार्वाही सुरु भएको उहाँको भनाई छ । पक्राउ पर्नेमा भरिया, कारोबारी र सेवनकर्ताहरु रहेका छन् ।

पहाडी जिल्लाहरुमा लागु औषधको उत्पादन हुने र बाँके तथा भारतमा पुर्‍याएर प्रशोधन गर्ने गरेको पाईएको छ । लागु औषध नियन्त्रणका लागि बिषेश अभियान नै सञ्चालन गरी नियन्त्रणमा लागेको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

लागु औषधहरु महंगोमा किनबेच हुदा पनि यस तर्फ कारोबारीहरु बढी आकर्षित भएको देखिएको प्रहरी बताउछ । ऐलानी जग्गाहरुमा चरेस, अफिमको खेती गर्ने र त्यसलाई प्रशोधन गरी विभिन्न लागुऔषधमा परिणत गरी कारोबार हुने गरेको प्रहरी प्रबक्ता डिएसपी खड्काले बताए । यसलाई नियन्त्रण गर्न प्रहरी र अभिभाबक सबै लाग्नु पर्ने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया