दाङ, ६ असोज/ डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं. ४ जौबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं. ४ निवासी २३ बर्षीय नवराज खत्री रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।


                                                                                 ADVERTISEMENT



विनाईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भए पछि पुरन्धारा सव डिभिजन वन कार्यालयका सहायक बन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु. संयोग वस्नेत र विष्णु प्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोलि परिचालन गरिएको थियो ।

गस्ती टोली छारा संकित स्थानको करीव ५ घण्टाको निरन्तर खोजतलास पछि बबई गाँउपालिका वडा नं. ४ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.४० क्यू.फिट र ऐ.ऐ. वस्ने भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यू.फिट गरी जम्मा १३.३३ क्यू.फिट काठ गस्ती टोलिको निरन्तर १७ घण्टाको प्रयास पछि बरामद गरि बरामद गरिएको काठ ट्याक्टरमा लोड गराई पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।

त्यसै गरि बबई गाँउपालिका वडा नं. ४ स्थित खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले गेदलाल बुढाथोकिको छोरा बल बहादुर बुढाथोकिले वन क्षेत्रमा अतित्रमण गरि बनाएको छाप्रो भेटीएकोमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ थान ६२ को १०१.५० क्यू.फिट बरामद गरि काठ लुकाउन बनाईएको काठको अस्थायी छाप्रो स्थानियहरुको रोहबरमा भत्काईएको जानकारी स.व.अ. सिद्धान्त बरालले बताए ।

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको शिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएकोले घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिए ।

अतिक्रमण गर्नेलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सवेदीले बताए ।

प्रतिकृया

प्रतिकृया