तुलसीपुर,
६ असोज/ डिप्लोमा तहको आइटी ईन्जिनियरिङ परीक्षाको दोस्रो सेमेस्टरमा पनि सेन्टर मावि तुलसीपुर नेपालकै उत्कृष्ट हुन सफल भएको छ ।


                                                                                 ADVERTISEMENT



प्रथम सेमेस्टरमा पनि उत्कृष्ट नतिजा ल्याएको सेन्टर माबिले दोस्रो समेस्टरमा पनि देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।सीटीईभीटीले लिएको परीक्षामा दोस्रो सेमेस्टरका २३ जना विद्यार्थी मध्ये ९ जना उत्तिर्ण भएको प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । जुन ४० प्रतिशत उत्तिर्ण रहेको उनको भनाई छ ।

घोराही स्थित सरस्वति माध्यामिक विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीमध्ये २ जना मात्रै उत्तिर्ण भएका छन् । जुन १४ प्रतिशत हो । त्यस्तै देउखुरीको आदर्श नमूना मावि लालमटियाका ११ जना विद्यार्थीमध्ये २ जना मात्रै उत्तिर्ण भएका छन् । जुन १८ प्रतिशत हो । त्यस्तै बनेपाको विद्यालयमा ४६ जना विद्यार्थी मध्ये ७ जना मात्रै उत्तिर्ण भएका छन् । जुन १५ प्रतिशत हो । मंगलबार नतिजा सार्वजनिक भएको हो ।

प्रतिकृया

प्रतिकृया