तुलसीपुर,
११ असोज/ तुलसीपुरबाट अब्यबस्थित रुपमा १९ मोटरसाईकल र दुइ वटा  कारलाई नियन्त्रणमा लिएको छ । चार/ पाँच दिन सम्म लगातार माइकिङ् गरेको त्यसपछि अटेरी गरेपछि सवारी नै नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए । उनीहरुलाई एकहजार रुपैँया जरिवाना दिएर छोडिने उनको भनाई छ ।


                                                                                 ADVERTISEMENT



अब्यबस्थित रुपमा सवारी पार्किङ गर्दा सवारी दुर्घटना बढेको भन्दै यस्तो अभियान थालिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।पटक पटकको अनुरोधलाई अवाज्ञा गरेको भन्दै आइतवारदेखि तुलसीपुर बजारको अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने अभियानको सुरुवात गरिएको छ ।लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोलसुरक्षाको अभियानपछि पछिल्लो समयमा तुलसीपुर ईलाका प्रहरी कार्यालय बजार व्यवस्थापनको अभियानमा लागेको हो ।

यस्तै प्रदेश प्रहरी कार्यालयले तुलसीपुर प्रहरीलाई सचेतना बोर्ड बितरण गरेको छ । यस अघि प्रहरीले सडक मिचेर पार्किङ् गर्ने मोटरसाईकलका हेल्मेट समेत जफत गर्दै आएको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुर, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर तथा प्रदेश नं. ५ प्रहरी कार्यालयको सहकार्यमा यो अभियानलाई अघि बढाईएको हो । तर, तुलसीपुरमा पार्किङ नहुँदा भने समस्या हुने गरेको छ ।

प्रतिकृया

प्रतिकृया