अञ्जना चौधरी
बालरोग विशेषज्ञका रुपमा प्रसिद्ध नाम हो, किशोर खत्री । उनको जन्म २०३३ साल असोज २९ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा बुवा भिष्मबहादुर केसी र आमा सावित्री केसीको कोखबाट भएको हो । किशोरका बुवा श्रीगाउँमा रहेको शिद्धपृथ्वी जनता माविमा प्रधानाध्यापक भएका कारण उनी पनि बुवासंगै त्यही स्कुलमा होस्टेल बसेर अध्ययन गरे । उनले २०३८ सालबाट अध्ययन सुरु गरेका थिए । उनले शिद्धपृथ्वी जनता माविमा कक्षा ५ सम्म अध्ययन गरेका थिए । उनको बाल्यकाल श्रीगाउँ मै वितेको थियो ।


                                                                                 ADVERTISEMENT



होस्टेल मै बसेर पढ्ने भएकाले प्रत्येक शुक्रबार तुलसीपुर घरमा आउँथे भने बाँकी सयम श्रीगाउँमा नै बस्नुपथ्र्यो । पहिलो पटक आमासंग छुट्टिएर स्कुल जाँदा खुबै पिर मानेको थिए उनी । त्यो समयमा गाडीहरु कम मात्रामा चल्ने भएकाले घरबाट होस्टेल जाँदा वा होस्टेलबाट घर आउँदा साढे दुईदेखि तीनसम्म घण्टा पैदल हिडेर त कहिले घोडामा आउने जाने गर्थे । त्यसपछि २०४४ सालमा उनको बुवाले श्रीगाउँको स्कुल छोडेर आफ्नै बोडिङ स्कुल खोले । २०४४ सालदेखि उनी तुलसीपुरमा रहेको महेन्द्र स्कुलमा भर्ना भए । उनले त्यहाँ २ बर्ष पढे । त्यसपछि उनी तुलसी आवासीय माध्यमिक विद्यालयमा कक्षा सातमा भर्ना भए ।

तुलसीबाटै उनले २०४९ सालमा एसएलसी पास गरे । त्यसपछि उनी आईएसी अध्ययन गर्न काठमाडौं गए । उनले काठमाडौंमा रहेको त्रिचन्द्र क्याम्पसबाट २०५२ मा आईएसी पास गरेका थिए । त्यसपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट २०६२ सालमा एमबिबिएस पास गरेका थिए । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटीमा मेडिकल अफिसर भएर दुई बर्षसम्म काम गरे । त्यसैबेला उनी ईशान बाल अस्पतालमा पनि काम गर्थे । त्यसपछि २०६६ मा उनले पेड्राईटिकमा एमडीको लागि नाम निकाले र उनी अध्ययनको लागि पाकिस्तान गए । उनले त्यहाँ २०६६ देखि २०६९ सम्म बालरोग विशेषज्ञता हाँसिल गरे । ‘पाकिस्तान ईन्सिच्युट अफ मेडिकल साईन्सेस, पाकिस्तानी ईन्सिच्युट मेडिकल साईन्सेस् द चिल्ड्रेन हस्पिटल’बाट डिग्री हाँसिल गरेपछि उनी आफ्नै जन्मथलो दाङ फर्किए ।

दाङ आएसंगै उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुई बर्ष बालरोग विशेषज्ञका रुपमा काम गरे । त्यसपछि उनले आफ्नै लगानीमा नवजात शिशु तथा बालबालिकाको लागि दाङमा राम्रो सेवा दिने अस्पताल नभएका कारण बालबालिकालाई नेतृत्व गर्नुपर्ने, भर्खर जन्मेका बच्चाहरु बोल्न नसक्ने भएका कारण उनीहरुलाई आफ्नै हेरचाहमा उपचार गर्ने उद्देश्यका साथ नवजात शिशु तथा ‘तुलसी अस्पताल’ २०७० सालदेखि सुरु गरे । उनी बाल्यकालमा फुटबल र व्याडमिन्टन खेल्न र घोडा चढ्न खुबै रुचाउँथे । त्योसंगै फिल्महरु हेर्ने गीतहरु सुन्न खुबै मन पराउँथे तर बुवा शिक्षक भएका कारण पढाईलाई नै धेरै फोकस गर्ने गर्थे उनी । घरमा एक्लै भएको आमाको याद बढि आए पनि पढ्ने वातावरणमा हुर्केका कारण किताबहरु तिर धेरै रुचि लाग्ने गरेको उनी सुनाउँछन् । ‘जब शुक्रबार आउँथ्यो आज आमालाई भेट्न पाईने भयो भनेर म धेरै उत्साहित र खुशी हुन्थँे’ उनी भन्छ्न ।

यस कारण डाक्टर बनेका थिए किशोर

किशोर खत्रीको आमाको कोखबाट जन्मेका तथा किशोरभन्दा पहिले जन्मेका दुईवटा दाईहरु खराब गएका थिए । ति कुराहरु आमाले सुनाउँदा किशोरलाई ‘म डाक्टर नै बन्छु’ भन्ने सोँच आयो । त्यसपछि उनी एमबिबिएस पास गरेपछि दुई बर्ष बच्चाकै क्षेत्रमा मेडिकल अफिसर भएर काम गरे । त्यो बेला झन् बच्चाहरुप्रति झुकाब बढ्यो र बच्चाहरुसंग नजिकिए । अस्पताल आउँदा सिरियस भएको बच्चा उपचार गरेर राम्रो भयो भने एक किसिमको मुस्कान दिन्छ त्यो भनेको मिलिनियम डलरको मुस्कान हो त्यो मुस्कानलाई कसैले कुनै मूल्य हालेर किन्न सक्दैन एकदमै निर्दोष हुन्छ, उनीहरुको मुस्कानहरु सधैभरी हेर्न पाईयोस् र बच्चाहरुको निर्दोष मुस्कानलाई बचाउनको लागि बालरोग तिर रुचि बढेको थियो । त्यही कारण पनि उनी बालरोग विशेषज्ञ डाक्टर बनेको हुन् । तर बुवा–आमाले ‘यो बन्नु पर्छ वा त्यो पर्छ भनेर कहिले नभनेपनि मेहनत गर्नु पर्छ, आफूले चाहेको काममा सफल हुनुपर्छ’ भनेर अभिभावकहरुले हौसला प्रदान गर्ने गरेको उनी बताउँछन् । बुवाको हौसलाकै कारण आफू मेहनत गरेर अहिको अवस्थामा आएको बताए ।

बाल्यकालको सम्झना लायक त्यो दिन

बाल्यकालमा चार भाईबहिनीसंगै बस्ने खेल्ने र पढ्ने भएकाले रमाईला क्षणहरु अनगिन्ती छन् किशोरसंग । शुक्रबारको दिन थियो किशोर र उनको बहिनी आभा खत्री श्रीगाउँ स्कुलबाट घोडामा घर फर्किदै थिए । उनको बहिनी आभाले घोडाको कैजा समाएकी थिईन् र किशोर पछाडी बसेका थिए बिचबाटोमा पुगेपछि बहिनीले जोडसंग घोडा कुदाईन । अश्वार भन्ने ठाउँमा आएपछि घोडा बेस्सरी कुद्यो र किशोर र उनको बहिनी भुईमा लडेँ । घोडा भने अरु घोडाहरु भएको ठाउँमा पुग्यो । घोडा डो¥याउने दाई घोडा लिन जानुभयो र उनीहरु घर आए ।

घर आएपछि हजुरबुवासंग आभाले ‘दाईले घोडा चलाको थियो, उसले गर्दा हामी लडेको’ भनेर कुरा लगाई दिईन् । त्यसपछि किशोरले गाली खाए । हजुरबुवाले गरेको त्यो गाली अझै सम्झिने गरेको उनले बताए । आफ्नो पेशाप्रति सन्तुष्ट रहेको उनी बताउँछन् । बच्चा सिरियस भएर अस्पतालमा भर्ना हुन्छ केही दिनको उपचारपछि बच्चा निको भयो भने चेक गर्न जाँदा आँखामा आँखा मिलाएर मुस्कुराएको हुन्छ त्यो क्षणले एकदमै आनन्दको महशुस हुने उनको भनाई छ । आगामी दिनहरुमा पनि अहिले कै पेशामा लागि रहने उनको ईच्छा छ ।  अहिले नवजात शिशु तथा सुत्केरी आमाहरुको सेवा सुरु गरेकोमा अब केही बर्ष भित्रमा यो क्षेत्रकै नमुना योग्य अस्पताल बनाउने उनको सपना छ ।

अस्पातालमा सबै किसिमको बिरामीहरुले सेवा पाउने छन् । हार्डजोर्नी, नशाको, अप्रेशन सम्बन्धि सम्पूर्ण सेवाहरु, दिमाग सम्बन्धि अप्रेशनहरु, महिला रोग सम्बन्धी सेवासहित विशेषज्ञ अस्पताल दाङलाई आवश्यक पनि छ र त्यस्तो अस्पताल बनाउने उनले बताए । अहिले उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिजिटिङ कन्सलटेन्ट पेड्राईटिसियनका रुपमा सोमबार र शुक्रबारको दिन दुई घण्टाको लागि सेवा दिन्छन्, त्यसैगरी उनी नेपाल चिकित्सक संघ दाङशाखाको वरिष्ठ उपाध्यक्ष, प्राईभेट हस्पिटल एसोशियसन ५ नं. प्रदेशको उपाध्यक्ष हुन् ।

वैवाहिक जीवन

किशोर खत्री २०६३ सालमा धुम्वाराही काठमाडौँबाट मागी विवाह गरेका हुन् । ‘बुवा–आमाले केटी हेर्नु भएको थियो उहाँहरुले हेरेको केटी मलाई पनि मन प¥र्यो अनि विवाह गरेको हुँ’, उनले भने । अहिले आफूहरु एउटै संस्थामा संगै काम गर्दै आएको समेत बताए । उनको जीवनसाथी तुलसी बाल अस्पतालको म्यानेजिङ डाईरेक्टर रहेको उनले बताए । ‘अस्पतालमा सबै कुरा मिलाउने उहाँले नै हो मैले बालबालिका हेर्छु’ उनले भने । विवाहअघि जीवनसंगीनीसंग उनको भेट भएको थियो । ‘हरेका कुराहरु मलाई मन प¥यो, अनि भेट भएको दुई÷तीन महिनामै हाम्रो बिहे भएको हो’ खत्रीले भने ‘म त उहाँलाई देख्ने वित्तिकै आकर्षित भएको थिए । उहाँको शारिरीक बनावटदेखि बोली व्यवहारले नै उहाँप्रति प्रभावित थिए ।’

प्रतिकृया

प्रतिकृया