तुलसीपुर
१२ असोज / रगत क्यान्सरबाट पीडित तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का रोमहर्ष चौधरीले सहयोगको याचना गरेका छन् । दुई वर्षदेखि रगत क्यानसरबाट पीडित चौधरीले घरको आर्थिक अवस्था कमजोर भएको भन्दै आफ्नो ज्यान बचाइ दिन सबैमा आग्रह गरेका हुन् ।


                                                                                 ADVERTISEMENT



चौधरी वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएको समयमा एक्कासी ज्वरो आएको थियो । त्यसपश्चात अस्पतालमा जाँच गराउन जाँदा डाक्टरले रगत क्यान्सर भएको पुष्टि गरेका थिए ।

अहिले उनको चितवनको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म उपचारमा करिब २२ लाख खर्च भइसकेको उनले बताए । अझै कति खर्च लाग्ने भन्ने कुराको एकीन छैन् । डाक्टरले वाँच्दा सम्म औषधी खाइरहने भनेपनि औषधी खानकालागि रकम नहुँदा कसरी औषधीको जोहो गर्ने भन्ने चिन्तामा रहेको उनले बताए ।

घरको सम्पति बेच्दा पनि नपुग्ने अबस्था आएपछि सहयोगको याचना गरेको उनले बताए । उनले भने ‘ बाँच्दासम्म औषधी खानु पर्छ रे, कहाँबाट ल्याउँ त्यत्रो रकम ।’ उनलाई सहयोग गर्न चाहानेले ९८०८२०११९८ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिकृया

प्रतिकृया