रोल्पा,१२ असोज/ रोल्पाका दश स्थानीय तहले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पौने सात करोड रकम खर्च गरेका छन् । हेल्थ डेस्क निर्माण, क्वारेन्टि, आइसोलेसन, व्यवस्थापन तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन लगाएतमा छ करोड ७७ लाख ७२ हजार ६ सय ७२ ?पैयाँ खर्च गरेका हुन् ।


                                                                                 ADVERTISEMENT



रोल्पा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा ५० लाख रुपैयाँ खर्च गरेको छ । लुंग्री गाउँपालिकाले १ करोड ६१ लाख, सुनिलस्मृति गाउँपालिकाले १ करोड १० लाख, परिवर्तन गाउँपालिकाले ८५ लाख र त्रिवेणी गाउँपालिकाले ५७ लाख रुपैयाँ खर्च गरेका छन् ।

यसैगरी रुन्टीगढी गाउँपालिकाले ५० लाख, माडी गाउँपालिकाले ४४ लाख ३५ हजार ४ सय ५०, थबाङ गाउँपालिकाले ३८ लाख र सुनछहारी गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरेको जनाएका छन् ।

कोरोना व्यवस्थापनका लागि रोल्पाका दश स्थानीय सरकारलाई संघीय र प्रदेश सरकारले रकम सहयोग गरेका थिए । संघीय सरकारले लुंग्री गाउँपालिकालाई १० लाख, सुनिलस्मृति गाउँपालिकामा ८ लाख, रोल्पा नगरपालिकालाई ११ लाख ४१ हजार ७ सय रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया