रोल्पा
१८-असोज / रोल्पामा लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका-२ खुंग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।


                                                                                 ADVERTISEMENT



शनिबार बेलुका रोल्पाको सुलिचौरबाट दाङ आँदै गरेको बा १५ च ३७७६ नम्बरको गाडीलाई खुंग्री चेकपोष्टमा चेक जाँच गर्ने क्रममा गाडीमा रहेका तीन जना महिला र चालकसहित दुई जना पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

पक्राउ पर्नेहरुमा रुकुमपूर्व भूमे गाउँपालिका(४ की ३७ वर्षिय ज्योती घर्ती, सोही ठाउँ बस्ने ३० वर्षिय निसा पुन, दाङका ४५ वर्षीय दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका-९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका-१ सेरम घर भएर हाले दाङ घोराही उप-महानरपालिका-४ राप्तीटोल बस्ने ३५ वर्षका यामबहादुर घर्तीमगर रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित दुई महिलालाई पक्राउ गरेको थियो ।

प्रतिकृया

प्रतिकृया