गुल्मी
१९-असोज / गुल्मीमा छोराको कुटाइबाट बुवाको हत्या भएको छ । इस्मा गाउँपालिका ४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् ।


                                                                                 ADVERTISEMENT



आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको डिएसपी पन्तले बताए । के कारणले कुटपिट भएको हो भन्ने कुनै कारण नखुलेको प्रहरीको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया