सल्यान
१९-असोज / सल्यानमा एक शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । शारदा नगरपालिका-२ मैसेपानी नजिकै जंगलमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका हुन् ।


                                                                                 ADVERTISEMENT



जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँदै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक अन्दाजी ६ महिनाको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

आमाले बालकलाई बिहानको समय छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले बताएको छ ।

प्रतिकृया

प्रतिकृया