अञ्जना चौधरी
तुलसीपुर एकाडेमीका प्रिन्सिपल भागवत भट्टराईको जन्म साविक तुलसीपुर नगरपालिका वडा नं. १० हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँमा २०४३ कात्तिक २१ गते भएको हो । बुवा रामचन्द्र भट्राई र आमा खिमा कुमारी भट्राईको कोखबाट जन्मिएका उनी वाल्यवस्था गाउँले परिवेशमा भएको थियो ।

           


उनलाई घरको सबै कामहरुसंगै गाई ग्वाला जाने, घाँस काट्ने, खेतीको काम गर्नुपथ्र्यो । सामान्य परिवारमा जन्मिएमा उनको परिवारले अरुको खेत पनि लगाउने गथ्र्यो । त्यसपछि उनको परिवारले गाउँमै व्यापार सुरु गर्‍यो । गाउँमा थोरै मात्रै पसलहरु थियो त्यो बेला, तर गाउँमा भएका पसलहरु मध्ये भागवतको पसल राम्रो चल्थ्यो । पसलमा आवश्यक पर्ने सामानहरु भागवतले नै ल्याउने गर्थे भने उनको बुवा पसलमै बस्नुहुन्थ्यो ।

उनले गाउँमै रहेको सरस्वती मावि दमारगाउँमा २०४८ सालमा भर्ना भए । उनी कक्षा ३ सम्म त्यही स्कुलमा अध्ययन गरे । कक्षा ३ पास गरेर ४ कक्षा भर्ना हुने बेला उनी बोडिङ स्कुलमा अध्ययन गर्न गए । परिवारले पसल सञ्चालन गरे पछि घरको आर्थिक अवस्थामा सुधार हुँदै गयो र उनी तुलसीपुरमा रहेको मिनरुवा ईङलिस बोडिङ स्कुलमा भर्ना भए । स्कुलको तीन कक्षा पास गरेर ४ मा गएका उनी बोडिङ भर्ना हुन जाँदा सरहरुले सोधेको प्रश्नहरुको उत्तर दिन सकेनन् आफ्नो नाम पनि लेख्न नसकेपछि उनलाई बोडिङले नर्सरी कक्षामा भर्ना गर्‍यो।

 

उनले त्यहीँ स्कुलबाट २०६२ सालमा एसएलसी पास गरे । त्यसपछि उनी तुलसीपुरमा रहेको राप्ती विद्या मन्दिरबाट २०६५ सालमा प्लस टु पास गरे । त्यसपछि व्याचलर अध्ययनका लागि तुलसीपुरमै रहेको राप्ती बबई क्याम्पसमा भर्ना भए । २०६७ मा उनी त्यही क्याम्पसबाट शिक्षा संकाय अन्र्तगत अंग्रेजी विषयमा व्याचलर पास गरे । त्यसपछि मास्टर अध्ययन गर्नको लागि उनी काठमाडौँ गए । उनी कृर्तिपुरमा रहेको त्रिभुवन विश्व विद्यालयमा भर्ना भए ।

उनले २०७१ सालमा त्यहीबाट मास्टर पास गरेर जन्मथलो दाङ फर्किए । घरको आर्थिक अवस्था कमजोर भएकाले उनी एसएलसी पास गर्न साथ बोडिङ स्कुलमा पढाउन सुरु गरे । सुरुमा तुलसीपुरमा रहेको सगरमाथा स्कुलले मासिक एक हजार तलबमा पढाउन गए । उनले सगरमाथामा पाँच सात दिन मात्रै पढाए । त्यसपछि उनी तुलसीपुरको सम्राट बोर्डिङ स्कुलमा उनी पढाउथे र त्यहाँको भाइस प्रिन्सिपल थिए ।त्यसपछि दमारगाउँमा रहेको सम्राट बोडिङ स्कुलमा २०६४ सालमा मासिक १७ सय तलबबाट पढाउन सुरु गरे ।

आफुलाई चाहिने सबै खर्चहरु उनले स्कुलको तलबबाट पुर्‍याउथे । उनले व्याचलर पास गरे पछि दाङमा आएर धेरै स्कुलहरुमा पढाए । जीवनप्रेमी बोडिङ स्कुलमा एक बर्ष, पश्चिम बालापुरमा रहेको जनप्रिय बोडिङ स्कुलमा एक वर्ष पढाए त्यसपछि डिभाईन टेम्पल एकाडेमीमा एक वर्ष, भमकेमा रहेको पवन स्कुलमा एक वर्ष पढाई सकपछि अब आफ्नै स्कुल खोल्नु पर्छ भन्ने उद्देश्यका साथ ६ जना साथीहरुसँग मिलेर आफ्नै स्कुल खोले ।

त्यो संगै उनी मिडियामा पनि आवद्ध थिए । केही समय रेडियो तुलसीपुरमा काम गरेका उनी त्यसपछि २०६७ सालदेखि रेडियो हाम्रो पहुँचमा आवद्ध भई विद्यार्थीहरुका लागि उपलब्धि मुलक क्वीज कार्यक्रम चलाउथे । त्यही कार्याक्रबाट रेडियोले उनलाई उत्कृष्ट कार्यक्रम प्रस्तोताको रुपमा सम्मान गरेको थियो । त्यही सम्मानले उनलाई अगाडी बढ्न प्रदान गर्‍यो।

गायक बन्ने ईच्छा थियो
भागवत सानै उमेर देखि गीत गाउन रुचाउथे । ‘भविष्यमा गायक बन्छु भन्थेँ, तर शिक्षक भएँ ।’ उनले भने । स्कुलमा शुक्रबारको दिन सबै साथीहरुले गीत गाउनको लागि उनलाई रोज्थे । उनले पनि जानि नजानि गीत गाउथे । शुक्रबारको दिन गीत गाउने पहिलो नम्बरमा उनको नाम हुन्थ्यो । त्यती बेला उनले स्टेज कार्यक्रम पनि चलाउथे ।

अझै पनि गाउने चाहाना उनीमा छ । आफु पढ्दै जाँदा पढाउने पेशामा आवद्ध भईहाले । अझै पनि गीत गाउने धोको रहेको उनको भनाई छ । बुवा आमाको छोराले राम्रो काम गरोस् भन्ने चाहना थियो । अहिले उनी आफ्नो पेशाबाट सन्तुष्ट छन् । जीवनको सबै भन्दा ठूलो कुरा सन्तुष्टि नै रहेको उनी बताउँछन् । पछिल्लो समयमा आफुले मेहनत गर्नु पर्छ, काम कुनै पनि सानो हुँदैन भन्ने उनको धारणा छ ।

खुशीको दिन
सानै उमेर देखि उनलाई रेडियोमा बोल्ने रहर थियो । उनले रेडियोमा पत्र पठाउने, कार्यक्रममा फोन मार्फत सहभागी हुन्थे । एक दिन घोराहीमा रहेको रेडियो स्वर्गद्वारी एफएमको एउटा कार्यक्रममा उनी सहभागी भए । बिशेषगरी युवा पुस्ताहरुकोलागि सञ्चालन भएको त्यो कार्यक्रममा सहभागी भई पुरस्कृत भएका थिए ।

त्यो उनको जीवनमा खुशी अनि सम्झन लायकको दिन हो । रेडियोमा बोल्ने मान्छे कस्तो होलान कसरी बोल्छन् होला भन्ने कल्पना गर्ने उनी रेडियोमा गएर पुरस्कार ल्याउँदा एकदमै आनन्दको महशुस भएको बताउँछन् । उनले पुरस्कारको रुपमा पप गीतको सिडी पाएका थिए । त्यो बेला आफ्नो घरमा गीत सुन्ने टेप नहुँदा साथीको घरमा गएर सिडीमा भएको गीत सुनेको उनले बताए । अहिले पनि त्यो सीडी आफुले राखेको बताउँछन् ।

वैवाहिक जीवन
उनले २०७२ सालमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीबाट विवाह गरेका थिए । एक वर्षको चिनजान पछि उनले मागी विवाह गरेका थिए । पहिलो पटक साथीको सहयोगमा आफ्नो जीवनसाथी(केटी)सँग तुलसीपुरमा भेट गरेका थिए । त्यसपछि एक वर्ष सम्म कुरा गर्दै जाँदा जीवनसाथीको बोली व्यवहार स्वभाव लगायत मान्छे हेर्दा पनि राम्रो लागेर बिहे गरेको उनी बताउछ ।

आफुले चाहे अनुसारको हरेक कुरामा सहयोग गर्ने जीवन साथी पाएकोमा खुशी रहेको बताउँछन् । अहिले उनको दुई वटा छोराहरु छन् । उनी अहिले तुलसीपुर एकाडेमीको प्रिन्सिपल, नेपालयन खबर अनलाईनको अध्यक्ष र एन प्याव्सन तुलसीपुरको प्रवक्ता हुन् । शिक्षा र संचार क्षेत्रमा रमाउन सिकेको हुनाले आगामी दिनहरुमा पनि यही पेशामा रहेर काम गर्ने उनको चाहना छ ।

प्रतिकृया

प्रतिकृया