दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

शुसिला वली
पद्योदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालय, दाङ जिल्लाकै ऐतिहासिक एंव शैक्षिक धरोहर हो । नेपालमा शिक्षाको विकासको जग निर्माणसँगै यस क्षेत्रमा शिक्षाको ज्योति फैलाउने यो विद्यालय देशका नमुना विद्यालयहरुमध्ये एक हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबाट शिलन्यास गरिएको र आफ्नो गौरवशाली इतिहास बोकेको यो विद्यालयले वर्तमानमा गरेको भौतिक एवं शैक्षिक विकास तथा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान हामी सबैका सामु छर्लङ्ग नै छ । करिब आठ बिघा क्षेत्रफल जमिनको सेरोफेरोभित्र अवस्थित यो विद्यालयलाई दाङ जिल्लाका शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी, शिक्षक, अभिभावक, विद्यार्थी सबैको सकारात्मक सहयोग रहेको पाइन्छ ।

इतिहास नियाल्ने हो भने यसको सङ्घर्षपूर्ण गाथा अत्यन्त रोचक, कठिन र चुनौतिपूर्ण रहेको पाईन्छ । वि.सं १९७५ सम्म दाङ जिल्लामा कुनै पनि विद्यालय स्थापना गर्ने कल्पनासम्म गर्न सक्ने अवस्था रहेको पाइँदैन । १९७५ पछि घनिबगिया मुखिया परिवार बर्गद्दीका पटुवारी परिवार राजपुरका थापा परिवार, बिजौरीका मजगैया परिवार, तेरौटेका लोहनी परिवार सिद्धरत्ननाथ मठले आफ्नै खर्चमा शिक्षक राखी पाठशाला चलाउने गरेको कुरा सुन्न र पढ्न पाइन्छ । तर, पाठशालाहरुले सरकारी विद्यालयको रुप लिन सकेका थिएनन् । त्यस समयमा दाङ जिल्लाका पढे लेखेका उत्साही युवाहरुले विद्यालय खोल्ने कल्पना गरे ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

स्कुल सचालन गर्न सूर्यप्रकाश गिरीलाई हेडमास्टर बनाइयो र पढाइ सञ्चालनका लागि अरु दुई जना शिक्षक नियुक्त गरी स्वीकृतिका लागि तत्कालीन सरकारमा जाहेरी गराउँदा स्कुल बन्द गरी स्कुल खोल्नेलाई कारवाही गर्ने भन्ने सरकारी अनदेश आएपछि स्कुल बन्द भयो र त्यहाँ उपलब्ध खगराज लोहोनी र गर्ज सिंह थापालाई अब स्कुल खोल्ने छैनौ भन्ने कागज गराई तारेखमा राखियो । हिजोको यस्तो अवस्थालाई हेर्दा देश शिक्षा क्षेत्रमा कति पछाडी रहेछ । तर, आज शिक्षाको, चेतनाको प्रविधिको, सूचनाको, अधिकारको हकमात्र होइन प्रशस्त अवसर पनि प्राप्त छ तर हामीले समयलाई चिन्न र बुझन् नसकेर त्यसै खेर फालिरहेका छौं ।

पद्योदयको विगत
पद्योदयको विगतलाई नियाल्नको लागि यस संस्थाको अग्रजहरुःस्व दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम, भूपेन्द्रश्वर श्रेष्ठ, अमरध्वज श्रेष्ठ खगराज लोहोनी आदि जस्ता समाजसेवी र शिक्षाप्रेमीहरुको अनुभव र अनुभूतिहरुलाई आधार सामग्रीको रुपमा उपयोग गरिएको छ । प.प.हाइस्कुल पत्रिका २०१५ मा दाङको शिक्षा क्षेत्रको महारथी स्वयं दामोदर शर्मा घिमिरेले बताएको विद्यालयका प्रधानाध्यापक कृष्णराज डीसीले जानकारी दिए । स्वर्गाीय घिमिरेको उपयुक्त अभिव्यक्तिले राणाकालीन नेपालमा सर्वसाधारण जनतालाई शिक्षा प्रदान गर्नु हुन्न भन्ने निरङ्कुश राणातन्त्रको नीतिलाई पुष्टि गर्दछ ।

तर, देश र जनताको काम गर्ने व्यक्तिले जटिलाताभित्र नै सफलताको अनुभूति गर्दछ भनिएझैं स्वर्गीय घिमिरे पनि विद्यालय स्थापना गर्ने सत् प्रयासमा लागिरहुभयो । उहाँ स्कुल सञ्चालनको लागि चन्दा संकलन गर्ने कार्यमा सत् लागिरहनुभएको देखिन्छ । यस क्रममा उनी चन्दार्थीको रुपमा भारतको वङ्लोर र अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर कहाँ बंगोलरमा समेत पुगेको देखिन्छ भने प्रत्येक दङ्गालीका घर घरमा यथाशक्ति चन्दा संकलन गर्न पुगेको देखिन्छ ।

विद्यालयमा हालसम्म हुँदै आएका पढाई
अहिले विद्यालयको शैक्षिक सुधारले फड्को मार्दै गएको छ । शान्त सुन्दर रमणीय ठाउँमा रहेको विद्यालयमा विभिन्न धारका विषयहरुमा शिक्षण सिकाई हुने गरेको छ । अहिले अंग्रेजी माध्यम मार्फत नर्सरी देखि कक्षा १० सम्म पढाई हुने गरेको छ । यसैगरी नेपाली माध्यम मार्फत कक्षा ६ देखि १० सम्म, प्लस टु तर्फ म्यानेजमेन्ट, साईन्स र एजुकेशन विषयको पढाइ हुने गरेको छ ।

यस्तै प्राविधिका धारतर्फ अटो मोवाईल्स ओभरसियर ईन्जिनियरिङ, इलेक्टिकल ओभरसियर, प्रि डिप्लोमा कप्युटरको पढाई हुँदै आएको विद्यालयका साहयक प्रशिक्षक कमल ओलीले जानकारी दिएका छन् । विद्यालयले पछिल्लो समय अभिभावक र विद्यार्थीको मन जित्दै अगाडी बढेको छ र समग्र शैक्षिक सिकाईका उपलब्धीमा पनि हासिल गर्दै आएको विद्यालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना