प्रिया स्मृती गजमेर, लमही
२९-असोज / गएको आर्थिक वर्ष २०७६/७७ मा राजपुर गाउँपालिकाको न्यायिक समितिमा ५६ वटा मुद्दा दर्ता भए । न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने उजुरीहरु सकेसम्म दुवै पक्षको जित हुने गरि मिलाउने गरिएको छ ।


                                                                                 ADVERTISEMENT



न्यायिक समितिमा मिलापत्र हुन नसकेका विवादलाई कुन बिषयसंग सम्बन्धित छ सोहि निकायमा पठाउने गरेको राजपुर गाउँपालिकाका न्यायिक समिति संयोजक धनपति यादवले बताईन् । राजपुर गाउँपालिकामा यादव समुदायको बाक्लो बस्ति छ, जस कारण गाउँपालिकाको न्यायिक समितिमा यादव समुदायको विवाद अत्याधिक आउने गरेको छ ।

जग्गा बाँडफाँड, जग्गाको सीमा विवाद, भाई अंश, लेनदेन जस्ता विवाद आउने गर्दछन । न्यायिक समितिमा परेका ५६ वटा उजुरी मध्ये ७ वटा प्रहरी, अदालत, मालपोत कार्यालय र नापी कार्यालयमा पठाईएको छ । त्यस्तै २७ वटा विवादलाई न्यायिक समितिले मिलापत्र गरेको संयोजक यादवले बताईन् । आर्थिक वर्ष २०७६/७७ मा फर्च्यौट हुन् बाँकी रहेका २० वटा उजुरी विचाराधीन अवस्थामा रहेको र दुई वटा अन्य निकायमा पठाएको उजुरी प्रशासक बिष्णु प्रसाद ज्ञवालीले बताए ।

त्यसै गरि चालूआर्थिक बर्षको अहिलेम्म ३१ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ११ वटा मिलापत्र भैसकेको छन्, भने, कतिपय विवादहरु न्यायिक समितिको क्षेत्राधिकार भित्र नपरेका विवाद पनि आउने गरेका छन् । त्यस्ता विवादलाई समितिले दरपिठ गर्ने गरेको छ । १५ वटा उजुरी अझै छलफल मै छन । विवाद आउनुमा अशिक्षा, गरिबी, चेतनाको स्तर कम हुनु प्रमुख कारण मानिन्छ । गाउँपालिकामा प्रायः यादव समुदायको उजुरी आउने गर्छ त्यस पछि थारु समुदायको उजुरी आउने गरेको उजुरी प्रशासक ज्ञवालीको भनाई छ ।

न्यायिक समितिले मुद्दाको चाप हेरेर महिनाको प्रत्येक शुक्रबार छलफल गर्ने गरेको छ । उजुरी धेरै आउन थालकोले सोमवार र बुधबार समेत छलफल राख्ने गरेको छ । समितिले न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने विवादलाई बाहिर जान नदिएर दुवै पक्षको जित हुने गरि मिलापत्र गराएको उनको भनाई छ ।

न्यायिक समितिमा एक जना संयोजक, दुई जना कार्यपालिका सदस्य, एक जना उजुरी प्रशासक र एक जना कानुनी सल्लाहकार रहेका छन् । ‘शुरु शुरुमा न्यायिक समितिमा आएका मुद्दाहरु मिलाउन केहि असहजत भएको पक्कै हो तर म लामो समय महिला बालबालिकाको क्षेत्रमा काम गरेको अनुभव भएकोले बिस्तारै सहज हुँदै गयो’ संयोजक यादवले भनिन् ‘समयले जनताका धेरै विवादसंग जुध्न सिकायो, फेरी केहि कानुनी उल्झन नहोस र नजानेको कुरामा सहजीकरण होस् भनेर एक जना कानुनी सलाहकार समेत राखेका छौं ।’

न्यायिक समितिका संयोजक यादव समुदायकै भएका कारण धेरै जसो विवाद उनी कहाँ आएपछि मिलापत्र नगरी सुखै पाउदैनन् । ‘गाउँपालिकामा न आए म आफै सम्बन्धित व्यक्तिको घर सम्म पुगेर भए पनि विवाद सुल्झाउने गरेकी छु’, उनले भनिन् ‘संयोजक यादवलाई न्यायिक समितिमा बसेका अन्य दुई जना सदस्यको पनि भरपुर साथ रहने छ ।’

उनको कार्यकक्षमा उजुरी नआएको कुनै दिन हुँदैन । गाउँपालिकाका उपाध्यक्षले गर्नु पर्ने काम पछिको महत्वपुर्ण पाटो न्यायिक समिति पनि भएकाले आफुले पाएको जिम्मेवारी समयमा पूरा गर्ने गरेको बताईन् ।

प्रतिकृया

प्रतिकृया