कमिरेचौर,
१ कातिक/ दाङको बंगलाचुली गाउँपालिकाले विजयादशमी २०७७ को अवसरमा मठ–मन्दिरमा हुने पूजापाठलाई पूर्णरुपमा रोक लगाउने भएको छ । कोभिड (१९) कोरोना भाईरसको बढ्दो संक्रमणको जोखिबाट बच्नका लागि गाउँपालिकाको ८ वटै वडामा रहेका मठमन्दिर तथा शक्तिपिठहरुमा पूजापाठजन्य कार्यलाई रोक लगाउन निर्देशन गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताए ।


                                                                                 ADVERTISEMENT



नेपाल सरकार स्वाथ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै पूजापाठ जन्य गतिविधि नगर्न तथा नगराउन सबै वडा अध्यक्ष मार्फत सो कुराको जानकारी गराईएको अध्यक्ष वलीले बताए ।

अध्यक्ष भक्त बहादुर वलीले बंगलाचुली गाउँपालिकाको कुनै पनि धार्मीक स्थलहरुमा बोका,राँगा,परेवा चढाउनका लागि बाहिरबाट कोही पनि नआईदिन अपिल समेत गरे । अध्यक्ष वलीले कोरोना भाईरसले जताततै आक्रान्त पारेको हुँदा मन्दिरहरुमा पूजापाठ गर्न आउने भक्तजनहरुलाई कोरोना संक्रमणको उच्चजोखिम रहेको भन्दै सबैजना सजग र सचेत हुन सुझाव दिए । अध्यक्ष वलीले भने‘अहिलेको अवस्था अन्यन्तै जोखिमयुक्त रहेको छ । या ेवेलामा गाउँपालिकाको कहि कतै पूजापाठ नगर्न र नगराउन सबैलाई विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

प्रतिकृया

प्रतिकृया