दाङ,
१ कात्तिक / दाङमा दुग्ध सामाग्री बिक्रि केन्द्र घोराही सञ्चालनमा आएको छ । दुग्ध बिकास संस्थाल नेपालगंज दुग्ध वितरण आयोजना कोहलपुरले आफ्नो शाखा दाङमा बिक्री केन्द्र स्थापना गरेको हो ।


                                                                                 ADVERTISEMENT



घोराही १४ को राप्ती टोलबाट सेवा सुरु गरेको बिक्रि केन्द्रको शुक्रबार एक कार्यक्रमका बिचमा उद्घाटन् गरिएको छ । आयोजना कोहलपुरका प्रमुख योगेन्द्र शाहको अध्यक्षता तथा नेपालगंज दुग्ध दुग्ध वितरण आयोजना समितीका अध्यक्ष बसन्त गीरीको प्रमुख आतिथ्यतामा एवम् घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी आज उद्घाटन गरिएको हो ।

आयोजनाबाट उत्पादन गरिएका डि.डि.सी. ब्राण्डका नंम्वर १ दुध, दही, मही, पानिर, चिज, फ्रेसमिल्क, ध्यु, नौनी, रसवरी, लालमोहन, पैडा बिक्री हुने छ । यो नेपाल सरकारको पुर्ण स्वामित्व भएको बिक्री केन्द्र रहेको संस्थानले जनाएको छ ।

पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दुधको हव क्षेत्रको रुपमा निर्माण पनि गर्न सकिने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका हुन् ।

प्रतिकृया

प्रतिकृया