दीपक बोहरा,तुलसीपुर, १० कात्तिक/ दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालका व्यबस्थापक दोर्ण वली आफै कोरोना संक्रमित हुन् । तर, दशैको समयमा अस्पताल हाँक्ने जिम्मा पनि उनैलाई छ । उनी संक्रमित भएको सोमबार ८ दिन भयो ।


                                                                                 ADVERTISEMENT



उनी आफ्नो जिम्मेवारीप्रति एक कदम पनि पछि हटेका छैनन् । आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पालना गरेका छन् । त्यतिमात्रै होईन्, अन्य संक्रमितको आत्मबल बढाउने काम दोर्णले गरेका छन् ।

यस बर्ष दशै मनाउन नपाउँदा न्यास्रिएका संक्रमितलाई उनले अस्पतालमै टिका र जमरा लगाईदिएर हौसला प्रदान गरेका छन् ।

विजयादशमीको अवसरमा आज अस्पतालका व्यबस्थापक दोर्ण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै टीका लगाएर हौसला प्रदान गरेका हुन् ।

संक्रमितहरुले यस बर्ष दशै मनाउन नपाएको भन्दै अस्पतालमै भएपनि दशैमा टीका र जमरा लगाईदिएको व्यबस्थापक वलीले बताए । “यस बर्ष कोरोनाले गर्दा दशैको रौनक छैन्, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दशै मनाउन पाउनु भएन”, उनले भने “संक्रमितको थप आत्मवल बृद्धिगर्नकालागि पनि मैले टीका लगाईदिएका हौं ।” अहिले अस्पतालमा १८ जना संक्रमित रहेका छन् ।

अस्पतालमै टीका र जमरा लगाईदिएपछि संक्रमितहरु पनि खुसी थिए । यस बर्षको दशै मनाउन नपाउँदा न्यास्रिएका एक संक्रमितले भने“दशै मनाउन घर जान पाईएको थिएन्, तर, अस्पतालमै स्वास्थ्यकर्मीको आशिर्वाद पाएँ, खुसी भएको छु ।”

अहिले पाँचजनालाई आइसियुमा राखेर उपचार गरिरहेको समेत उनले बताए । पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन् ।

अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिन दिनुपर्ने अबस्था रहेको व्यबस्थापक वलीले बताए । दशैको समयमा पनि स्वास्थ्यकर्मी पनि अहोरात्र खटिएको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया