प्युठान, १० कात्तिक/ प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ ।


                                                                                 ADVERTISEMENT



नौवहिनी गाउँपालिका ५ डामकोटका ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया