तुलसीपुर
१४-कात्तिक / बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिबमा माधव अधिकारीलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कूलपति केपी शर्मा वलीले विश्वविद्यालयको रिक्त कूलसचिवमा जनता विद्यापीठ बिजौरीका सह–प्रध्यापक अधिकारीलाई गरेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयको ऐन २०४३ को दफा १८ को उपदफा १ बमोजिम रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । अधिकारीले कबिर १ वर्षदेखि नै कमचलाउ रुपमा विश्वविद्यालयको कूलसचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी जनता विद्यापीठ बिजौरीको ६ वर्ष क्यापस प्रमुखको रुपमा कार्यरत थिए ।