रुकुम पश्चिम
२१-कात्तिक / रुकुम पश्चिममा १२ किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका ९ को राडीमा रहेको धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोटको नलगाड नगरपालिका ८ का मालबहादुर सिंह र कालीबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


                                                                                 ADVERTISEMENT



जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबहादुर ओलीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागुऔषध ब्युरो सुर्खेतको टोली र रुकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १२ किलो अफिमसहित उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई लागुऔषध ओसारपसार ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया