घोराही,
२२ कार्तिक/ आज लुम्विनी प्रदेशको दाङ सहित सात वटै प्रदेशका विभिन्न ठाउमा बलात्कार विरुद्ध प्रर्दशन गरिएको छ । दाङमा भने घोराही र तुलसीपुर बजारमा प्रर्दशन गरिएको हो । कालो पहिरन सहित आखामा कालो पट्टि बधेर सडकमै उत्रिएर सरकार विरुद्ध प्रर्दशन गरेका हुन् ।


                                                                                 ADVERTISEMENT



सरकार तेरो पाराले दुःख पायो साराले, बलात्कार कहिले सम्म हामी चुप जहिलेसम्म, पितृ सत्ताको नियमले हामलाई सधै अन्याय गर्छ, अझै कति सहने, मेरो दोष कसरी, हामी चुप कहिले सम्म, स्टोप रेप जस्ता नारा लेखिएका प्ले कार्डसहित किरोरीहरु प्रर्दशनमा उत्रिएका हुन् ।

सरकार तेरो पाराले दुःख पायो साराले भन्ने गितमा बलात्कारी होस त भन्दै उनिहरुले नृत्य प्रर्दशन गरेका हुन् । देशमा दिनप्रति दिन बढ्दै गईरहेका बलात्कारका घटना न्युनिकरण गर्न र पिडकलाई कडा सजायका साथ कार्वाही गर्न सरकार गम्भिर नदेखिएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् । कानुन र कानुन कार्यान्वयन गराउने निकाय पिडित मैत्री बन्न आवश्यक रहेको उनिहरुको भनाई छ ।।

प्रतिकृया

प्रतिकृया