तुलसीपुर,२२ कात्तिक/ सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर बाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।                                                                                  दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।
                                                                              प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


                                                                                 ADVERTISEMENT



प्रतिकृया

प्रतिकृया