देउखुरी
३० कार्तिक/ दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-१ को नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार ४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


                                                                                 ADVERTISEMENT



मृतक महिलाको पहिचान भने खुलेको छैन । ठक्कर दिए लगत्तै भागेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिएका छन ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी महिलालाई लमही अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिकृया

प्रतिकृया