दाङ
३-मंसिर / सल्यानमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नम्बर ११ बाफुखोलाका २१ वर्षिय एकराज खड्काको बसबाट खसेर मृत्यु भएको हो ।


                                                                                 ADVERTISEMENT



सल्यानबाट दाङतर्फ आउँदै गरेको ना ५ ख १००१ बसमा सवार खड्का खरिबोट नजिकै बान्ता गर्ने क्रममा बसबाट खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बसबाट खसेर गम्भिर घाइते खड्काको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक श्यामप्रसाद यादवले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया