प्रिया स्मृती गजमेर,लमही
३ कात्तिक / दाङको प्रसिद्ध धार्मिक स्थल रिहारमा अनौठो घटना घटेको छ । लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित बगार बाबा धार्मिक विकास क्षेत्रभित्र नर्सरीमा रहेको सुकेको दुईवटा सिसौको रूख काट्दा लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी ४० वर्षिय रामप्रसाद चौधरी र सोहि ठाउँ निवासी ५० वर्षिय देखुराम चौधरीको मृत्यु भएको गाउँका स्थानीय तथा पूर्वप्रहरी कमल चौधरीले जानकारी दिए । एक हप्ताकै अन्तरालमा एकै गाउक दुई जनाको मृत्यु भएपछी अहिले पुरै गाउँ शोकमा परेको छ ।

नर्सरीमा रुख काट्न गएका श्रीमानलाई खाना लगेर गएकी श्रीमतीले समेत रुख काट्न सहयोग गरेकी थिइन्, श्रीमान् बिरामी भएपछी श्रीमती पनि बिरामी परेको स्थानिय हरि चौधरीले बताए । वडा सदस्य बुद्विराम चौधरीका अनुशार त्यस क्षेत्रमा रुख काटे पछि थप अरु अप्रिय घटना नहोस भनेर स्थानीयले पुजा पाठ गर्नुका साथै वर, पिपल, र तुलसिको बोट रोपिएको छ ।

उनका अनुसार बगार बाबा धार्मिक विकास क्षेत्र शिव मन्दिर र माइकुटीमा जाडो छल्न बालिने आगोका लागि दाउरा चाहिएको थ्यो, सोहि दाउरा काट्न दशैँ अगाडि पैते गाउँका दुईजना स्थानियले दुईवटा सुकेको सिसौका रुख काटेका थिए ।

उक्त रूख काटेको दुबैजना स्थानिय दशदिनपछि एक्कासी विरामी भएपछि उपचारको लागि रामप्रसादलाई भारतको लखनउ र देखुराम चौधरीलाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियोे । देखुराम चौधरीलाई घोराहीबाट थप उपचारको लागि कात्तिक तिस गते साँझ नेपालगन्ज तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको लमही नगरपालिका वडा नम्बर ९ का वडासदस्य बुद्विराम चौधरीले बताए ।


                                                                                 ADVERTISEMENT



त्यस्तै रामप्रसाद चौधरीको लखनउमा उपचार पश्चात् कात्तिक एक गते राति करिब डेढ बजे परिवारले घरमा ल्याइपु¥याएका थिए । उनको कात्तिक दुई गते दिउँसो एक बजे चौधरीको पनि मृत्यु भएको वडा सदस्य चौधरीले जानकारी दिए । वडा सदस्य चौधरीका अनुसार मृतक देखुराम र रामप्रसाद चौधरीको मेडिकल रिपोर्ट एउटै देखाएको थियोे । उहाँहरू दुबैजनाको रिपोर्टमा जण्डिस र मृगौला खराबि, मस्तिष्कमा पानी जमेको देखाएको थियोे ।

उक्त सिसौको रुख आगो बाल्नका लागि काटिएको थियो तर, उक्त सुकेको सिसौको रुख बाट दारपात बनाउन सकिने देखिए पछी मन्दिर परिसरमा फर्निचरको कामकाजमा लगाउने भनेर राखिएको छ ।

प्रतिकृया

प्रतिकृया