तुलसीपुर
५ मंसिर / मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ ।


                                                                                 ADVERTISEMENT


 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो ।

जग्गा नाँपजाँच गरि पूर्जा बनाईदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । अहिले उनीहरुलाई तुलसीपुरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको  आयोगका कार्यालय प्रमुख गणेश गैरेले बताए ।

प्रतिकृया

प्रतिकृया