निराश पाण्डे, शान्तिनगर
११-मंसिर / दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ को कार्यालय चिराघाटबाट पातेटाकुरा सार्ने निर्णय भएको छ । वडाले त्यस्तो निर्णय गरेपछि स्थानीय नागरिक त्यसले विरोध जनाएका छन् । गत मंगलबार वडा कार्यालय सार्ने निर्णय वडाले गरे पछि स्थानीयले जनताको भावना बिपरित र अपाएक पर्ने ठाउँमा वडा कार्यालय सार्न लागेको भन्दै आन्दोलन गरेका हुन् ।

साथै आज वडाध्यक्ष बुद्धिराम तिवारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । संघर्ष समितिका संयोजक तेजराम पौडेलको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । उनीहरुले सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने बताए । यदि मागमा सुनुवाई नगरेर कडा कदम चाल्ने उनीहरुको भनाई छ ।

संघर्ष समितिले वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाउने क्रममा फोटो खिच्दा संघर्ष समितिका सदस्य मीनराज ओलीको मोबाइल खोसेर एक घन्टा नियन्त्रणमा समेत लिएको छ । यसको अधिकारकर्मीहरुले निन्दा समेत गरेका छन् ।

शान्ति पुर्बक ज्ञापनपत्र बुझाउन आएका स्थानीय नागरिकमा चिराघाट प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले गरेको दुब्र्यबहारप्रति संघर्ष समितिले घोर आपत्ति जनाएको छ ।

प्रतिकृया

प्रतिकृया