रुकुम पश्चिम
१३-मंसिर / रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । थप उपचारका लागि नेपालगन्ज रेफर गरिएका आठबीसकोट नगरपालिका-८ का लालबहादुर नेपालीको बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।


                                                                                 ADVERTISEMENT


 


आठबीसकोट नगरपालिका-८, का कलिभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको हिजो बेलुका ज्यान गएको थियो ।आठबीसकोट नगरपालिका-८ दाजेबाट जन्ती लिएर घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जीप हिजो बेलुका दाजेमा दुर्घटना भएको थियो ।

प्रतिकृया

प्रतिकृया