तुलसीपुर
१३-मंसिर / तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगढी स्थित बस र मोटरसाइकल ठोकिदा दुई जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको रा १ ख २११० नम्बर को बस र पश्चिम तर्फ जादै गरेको लु ४१ प २१३ नम्बरको मोटरसाइकललाई आज विहान साढे ११ बजेतिर समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले बताए ।


                                                                                 ADVERTISEMENT


 


दुर्घटनामा परी घाइते हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका ९ निवासी २३ वर्षिय किरण पुन र मोटरसाइकलमा सवार शारदा नगरपालिका २ मार्के बस्ने २१ वर्षिय लक्ष्मण बोहरा रहेका छन् । पुनको अबस्था गम्भिर छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ ।

बोहराको भने राप्ती अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने बस चालक फराहर रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया