घोराही
२४-पुस / कोरोना कहरले चलचित्र क्षेत्रमा पु¥याएको असरको अबस्था, अबको सम्भावना र चुनौतीका बिषयमा आज घोराहीमा छलफल गरिएको छ । चलचित्र पत्रकार सघं दाङ शाखाको आयोजनामा “चलचित्र क्षेत्रमा कोरोनाले पारेको प्रभाब र अबको बाटो” शिर्षकमा चलचित्र क्षेत्रको अबस्थाका बारेमा छलफल गरिएको हो ।


                                                                                 ADVERTISEMENT


 


कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीले कोरोना रोगका कारण थलिएको चलचित्र क्षेत्रलाई अब पूर्नउत्थान गर्नु पर्ने बताए । यस संक्रमणले ठूलो नोक्सानी निम्त्याएको भन्दै उनले सरकारले यसको पुर्नउत्थानमा सहयागी भूमिका निभाउनु पर्ने बताए । त्यसैगरी, निर्माता रोहीत अधिकारीले सिनेमा हलहरुले लामो समय देखी रकम नदिएको गुनासो गरे । कोरोना संक्रमण फैलिनु भन्दा पहिलेको रकम समेत पाउन नसकेको उनको गुनासो छ ।

कोरोनाले सबै क्षेत्र थलिएको अबस्थामा सिनेमा क्षेत्र पनि ठूलो मारमा परेको उल्लेख गर्दै विस्तारै अब सहज हुने आशामा रहेको बताए । कार्यक्रममा हल सञ्चालक ललित श्रेष्ठले हल तयारी अबस्थामा रहेको जानकारी दिए । तर चलचित्र निर्माण संघले नयाँ चलचित्र नदिएका कारण हल खोल्न नसकेको बताए । चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण निवर्तमान अध्यक्ष धु्रबराज न्यौपाने र बर्तमान सचित पूर्ण केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया