तुलसीपुर
२९ पुस // दाङ तुलसीपुरको बसपार्क स्थित मासु पसलमा अझै सुधार आउन सकेको छैन् । पटक–पटक अनुगमन गर्दा पनि त्यहाँका मासु पसलको अबस्था उस्तै छ । बुधबार तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखा, ईलाका प्रशासन कार्यालय, ईप्रकालगागतको टोलीले अनुगमन गर्दा पनि मासु पसल अब्यबस्थित रहेको भेटिएको थियो ।


                                                                                 ADVERTISEMENT


 


कुनै समय देशकै नमूना मासु मण्डीका रुपमा रहेको तुलसीपुर मासुमण्डी पछिल्ला केही बर्षदेखि अब्यबस्थित छ । पटक–पटक अनुगमन गर्दा पनि एकै ठाउँमा पशु पालन गर्ने, बध गर्ने र बिक्री हुनेपछि मासु मण्डी दुर्गन्धित बनेको छ । अनुगमनका क्रममा अझै पनि मासु पसलमा जाली नराखिएको, मासुपसलको बाहिर साईबोर्ड नराखिएको, सरसफाई नगरेको, बासी मासु राख्ने गरेको , बंगुर पाल्ने र मासु बच्ने एउटै भएको, बध गर्ने ठाउँ फोहोर भएको, राँगा र भैसी एकै ठाउँमा राखेर बेच्ने गरेको, मूल्य सूची नराखेको, सटर नभएको पाईएको तुलसीपुर उपमहानगरपालिकाका पशु महाशाखा प्रमुख सुवास आचार्यले बताए ।

उहाँका अनुसार अहिले उक्त मासुमण्डी उपमहानगरपालिका मातहत छ । संघीय सरकार र तत्कालिन नगरपालिकाको लगानीमा बनेको उक्त मसुमण्डी स्थान्तरण गर्ने भनि योजना बनाएपनि मासु व्यबसायीहरुले अटेरी गर्दा स्तान्तरण गर्न समस्या भएको उनले बताए । मासु मण्डीमा भैसी र बंगुरलाई अन्य स्थानमा स्थान्तरण गरेपछि सहज हुने बताए ।

मासु मण्डीमा बालश्रमिक
तुलसीपुर स्थित मासु मण्डीमा बालश्रमिक पनि राख्ने गरेको पाईएको छ । राहुल राँगा पसलले पशु बध गर्न चार जना बालश्रमिक राखेको पाईएको हो ।

प्रतिकृया

प्रतिकृया