निमुसंगम घर्ती,घोराही
२९ पुस/ सानो गोरेटो बाटो । खरका गाँजलाई पन्छाउदै हिड्नु पर्ने बाध्यता । कँही देखिने गोरेटो त कँही खरहरु पन्छाउदै बाटो पहिल्याउनु पर्ने अबस्थामा थियो सुर्केडाँगी देखी चाक्लीघाट सम्म यात्रा गर्दा । घोराही उपमहानगरपालिका वडा नम्बर २ चाक्लीघाट निकै बिकट र दुर्गम बस्तीकारुपमा चिनिन्छ । विरानो गाउँजस्तै बनेको चाक्लीघाटको अहिले जनप्रतिनिधीहरु आएपछि मुहार फेरीन लागेको छ ।


                                                                                 ADVERTISEMENT


 


विकट र दुर्गम चाक्लीघाट सम्म अहिले सवारीका साधन पुगेको छ भने विजुलीको लाईन बिस्तार जारी छ । चाक्लीघाट धेरैले नसुनेको नाम पनि हुन सक्छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को पूर्वी क्षेत्रमा पर्ने अति बिकट बस्तीकारुपमा रहेको चाक्लीघाट अहिले भने सुगमता सँग जोडिएको छ । घोराही उपमहानगरपालिकामा जनप्रतिनिधीहरु आएपछि घोराही २ सर्कुेडाँगी गाउँबाट चाक्लीघाट पुग्न सहजताका लागि सडक सञ्जालले जोडिएको छ । सुर्केडाँगीबाट ७ किलो मिटर जंगल र जटिल भूगोलमा समेत सडक खनेपछि अहिले आधा घण्टामा पुग्ने भएको छ ।

पहिले गोरेटो जस्तै बाटो थियो कँहि त खरहरु पन्छाउदै जंगल भएर चाक्लीघाट जानु पथ्र्यो तर अहिले सडक बनाएका छौ वडा नम्बर २ का अध्यक्ष केशब आचार्यले भन्नुभयो,— चाक्लीघाट जानु पर्दा घोराही लमही सडक खण्डको बेलदमारबाट जानु पथ्र्यो तर अब त्यो बाध्यतालाई हटाएका छौ । चाक्लीघाट जान र आउन निकै घुमाउरो तथा अप्ठेरो यात्रालाई अब आधा घण्टामा सवारीका साधन चढेर पुग्ने बताएका छौ वडा अध्यक्ष आचार्यले भन्नुभयो ।

ती आर्थिक बर्षमा घोराही उपमहानगरपालिका नगर स्तरीय बजेटबाट प्रत्येक बर्ष १० लाख रुपैयाँ र वडा कार्यालयबाट ५ लाख गरि ३५ लाखमा ७ किलो मिटर सडक खनेर गाडी कँुदाउने बनाएको अध्यक्ष आचार्यको भनाई छ । गोरेटो, भिर, जंगललाई पार गर्दै हिडेर चाक्लिघाट पुग्नुपर्ने अबस्थालाई अहिले स्थानिय सरकारले नागरिकलाई सुगमता सँग जोडिदिएको छ । ठेक्का प्रकृयामा गएको भए करोडौँ रुपैयाँ लाग्थ्यो होला तर स्थानिय उपभोक्ता मार्फत काम गरिएकाले ३५ लाखमा भिरपाखा हुदै ७ किलो मिटर सडक बनाएका छौ अध्यक्ष आचार्यले बताए ।

नगर प्रमुख नरुलाल चौधरीले कल्पनै नगरेको ठाउँमा सडक सञ्जाल पु¥याईएको बताए । बेलदमारबाट जाँच निकै कष्ठपूर्ण यात्रा थियो तर अहिले रामपुर सुर्केडाँगी हुदै चाक्लिघाट सडक जोडे पछि दुर्गमतालाई सुगमता सँग जोडेको बताए। उता बेलदमारबाट पनि सडक चाक्लिघाट सम्म पु¥याईएको उनको भनाई छ । अब उक्त सडकलाई घोराही, रामपुर हुदै देउखुरी जोड्ने बैकल्पीक मार्गकारुपमा विकास गर्ने सोच रहेको नगर प्रमुख चौधरीले बताए । घोराही, रामपुर, सुर्केडाँगी, चाक्लिघाट, सोरठी हुदै देउखुरी जोड्ने बैकल्पीक सडक बनाउने गरि डिपिआरको समेत योजना बनेको छ ।

चालु अबस्थामा रहेको घोराही लमही सडक खण्डको बैकल्पीक सडककारुपमा उक्त सडकलाई प्रयोग गर्ने गरि डिपिआर गरिएको र बजेटको आबस्यकता रहेको बताउनुहुन्छ उपमहानगरका सिनियर डिभिजन इन्जिनियर युवराज पौडेल । यसैविच उक्त सडक निर्माण भए पछि रामपुरबाट चाक्लिघाट आवतजावत गर्न निकै सहज भएको बताउनुहुन्छ सुर्केडाँगीका लक्ष्मण रिजाल । केही बर्ष देखी आफुले चाक्लीघाट आधारभूत विद्यालयमा पढाउदै आएको र अहिले स्कुल जान आउन थोरै समय लाग्ने र सहज भएको बताएका छन ।

प्रतिकृया

प्रतिकृया