रुकुम पूर्व
१३-माघ / रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ट्याक्टर दुर्घटना हुँदा सहचालक सोही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको हो ।


                                                                                 ADVERTISEMENT


 


गएराति साढे ९ बजेतिर पाथिहाल्नबाट डोजरको बकेट बोकेर रुकुमकोटतर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा मृत्यु भएको हो ।

साथै दुर्घटनामा परेर ट्याक्टर चालक २१ वर्षीय जीवन बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । घाइते बुढाथोकीलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया