तुलसीपुर,
२-फागुन /सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि तुलसीपुर उद्योग बाणिज्य संघमा चुनाब हुने अबस्था आयो । शनिबार उत्साहका साथ निर्वाचन भयो । उवासंघले धेरै कार्यकाल सवसम्मत नै गथ्र्यो । तर, यस पटक सम्भव भएन । काँग्रेसमा आफू बलियो रहेको दम्भ र सत्तापक्ष समेत रहेको कम्युनिष्टमा पनि आफै अध्यक्ष बन्ने ‘हठ’ का कारण यस पटक सर्वसम्मत हुन सकेन । जसमा एकातर्फ बाम्पन्थी प्यानल र अर्कोतर्फ काँग्रेस निकट प्यानल चुनाबमा शसक्त रुपमा सहभागी थियो , भने केही स्वतन्त्र उम्मेदवार पनि थिए ।


                                                                                 ADVERTISEMENT

 


ति मध्ये बाम्पन्थी प्यानल काँग्रेसको एक समूहले समर्थन गर्ने ठूलो अपेक्षामा थियो । संघमा काँग्रेस निकट व्यबसायीहरु कम्युनिष्टको तुलनामा दुई गुणा रहेको आँकलन गरिएको थियो । तर, जित्ने अपेक्षामा कम्युनिष्ट समर्थित ब्यबसायी नै थिए । किनकी काँग्रेसको एकतप्काले आफूहरुलाई समर्थन गर्छ, भन्ने नै थियो ।

एउटा शंकेत थियो, शुक्रबारसम्म काँग्रेससंगै गएर भोट मागेका विनिल केसी र स्वतन्त्र उम्मेदवार देवबहादुर केसी शनिबार एकाएक कम्युनिष्ट प्यानलमा जोडिए । यसले पनि केही कम्युनिष्ट निकट व्यबसायीलाई भोट आफ्नो पक्षमा आउने कुरामा थप विस्वस्त भएका थिए । यस अघि एक जना मात्रै कम्युनिष्ट निकट स्व. ठाकुर प्रसाद धिताल बाहेक अन्य कोही पनि उद्योग बाणिज्य संघमा गएका थिएनन् ।

उनले २०५३ देखि २०५५ सम्मको कार्यकाल सम्हालेका थिए । त्यस अघि र त्यसपछि भने काँग्रेस निकट व्यबसायीले नै संघमा नेतृत्व लिएका थिए । संघमा काँग्रेस निकट व्यबसायीको बाहुल्यता भएकै कारण लडाई कम्युनिष्ट भन्दा पनि काँग्रेस–काँग्रेसबीच नै हुने गरेको छ । यस अघि पनि विमल रिजाल र जनक खरालको प्यानल चुनाबी प्रतिस्पर्धामा उत्रिएको थियो । जसमा विमल रिजालले जित हात पारेका थिए । यस पटक मतदातामा पनि निकै उत्साह थियो ।

चुनाब स्थल तुलसीपुर उद्योग बाणिज्य संघको कार्यलयमा झकिझकाउ थियो । वरपर सबैतिर प्रचारकालागि प्रयोग गरिएको व्यानर, पर्चा, पम्पलेटले सजिएका थिए । उम्मेदवारका समर्थकहरुले भोट मागिरहेका थिए ।

विहान ८ बजेदेखि सुरु भएको मतदान कार्यकालागि ४ बजेसम्म समय तोकिएको थियो । तर, मतदाताहरुको लामै लाईन देखिएपछि साढे ६ बजेसम्म मतदान कार्य भएको थियो । एकहजार आठसय ०६ जना मतदातामध्ये एकहजार ६ सय ५९ मतदाताले मतदान गरेका थिए । उवासंघमा २७ पदकालागि ४१ जना उम्मेदवार सहभागि थिए । तिमध्ये एसोसियट सदस्य र संस्थागत सदस्य काँग्रेस निकट दुई व्यबसायी निर्विरोध निर्वाचित भइसकेका छन् ।

कम्युनिष्ट निकट व्यबसायीहरुले महासचिब र कोषाध्यक्षमा उम्मेदवारी दिएका थिएनन् । ती दुई पदमा काँग्रेस निकट व्यबसायीलाई समर्थन गर्ने गरि उनीहरुको तयारी थियो । महासचिब पदका उम्मेदवार विनिललाई काँग्रेसले उम्मेदवार बनाएपनि साथ नदिने निश्चित भएपछि केशवराज केसीलाई महासचिबको उम्मेदवार दिन लगाएको थियो । तर, पछि बिनिललाई काँग्रेसको आधिकारिक उम्मेदवार घोषणा गरेरै विज्ञप्ति जारी गरेको थियो ।

प्रतिकृया

प्रतिकृया