घोराही
३-फागुन / नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जनमतको अवमूल्यन गरेको टिप्पणी गरेका छन् । संसद विघटन विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शनको सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संसद विघटन जनमत विपरित भएको टिप्पणी गरेका हुन् ।


                                                                                 ADVERTISEMENT


 


आर्थिक, सामाजिक, भौतिक विकाससँगै सुशासन कायममा ध्यान दिने भन्दा पनि सरकार अपराध, महंगी, भ्रष्टाचार र अनियमितताको संरक्षणमा लागेको उनको आरोप छ । नेकपाका नेताहरुले पद लोलुपताको स्वार्थमा आफुहरुलाई केन्द्रित गराउदा संसद विघटन सम्मको असंबैधानीक काम भएको भन्दै उनले यसको बिरुद्धमा थप शसक्त आवाज उठाउन समेत आह्वान गरे ।

महामन्त्री कोइरालाले अब पार्टीलाई एक ढिक्का बनाउने र जनताको माझमा कसरी टिक्ने भन्ने मुद्धालाई पनि प्राथमिकताका साथ उठाउनु पर्ने धारणा राखे । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिपक गिरीले आगामी बैशाखमा मध्यावधी निर्वाचन हुन्छ भन्नु जनतालाई झुक्याउने खेल मात्रै भएको बताए ।

जनमत अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउदै उनले आफुहरु सदैव संविधानको रक्षक बनेर जनता माझमा रहेको समेत जिकिर गरे । कार्यक्रममा बोल्ने कांग्रेसका अन्य नेताहरुले सरकारले चालेको कदम असंवैधानीक भएको र कुनै पनि हालतमा जनप्रतिनिधीको संस्था संसद पुर्नस्थापित हुनु पर्ने माग गरेका छन् ।

तुलसीपुर चोकमा आयोजित सभा पूर्व जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट र्‍याली निकाली घोराही बजारमा विरोध प्रर्दशन गरेका थिए ।

प्रतिकृया

प्रतिकृया