प्रिया स्मृती गजमेर, लमही
५-फागुन / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दाङको कोइलाबास भन्सार संचालनमा आई सकेपछि समग्र दाङ जिल्लाको विकासले फड्को मार्ने बताए ।


                                                                                 ADVERTISEMENT


 


देउखुरीको लमहीमा आयोजित भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लागत संकलन इकाई, आरोग्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले पुर्व पश्चिम राजमार्गलाई फोरलेन सडकको रुपमा विस्तार गर्ने कार्य शुरु भैसकेको बताए ।

त्यस्तै निकट भविष्यमा तराई क्षेत्रको देउखुरीलाई छोएर रेल सेवा शुरु गर्ने कार्यको योजना तयार हुँदै गरेको जानकारी गराए । ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास नेपालकै जटिल समस्या हो, यसलाई समाधान गर्न सक्यो भने नेपाल सरकारको ऐतिहासिक काम हुनेछ मुख्यमन्त्री पोख्रेलले भने ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले लोकतन्त्र अपहरण भयो भनेर अनर्गल प्रचार गर्नु गलत र भ्रम सिर्जना गर्नु भएको भन्दै उनले आफुले गरेको गल्तिको दोष जति जनतालाई थुपारेर पिडा दिन नपाइने बताए । देशको विषम परिस्थिति सिर्जना भएपनि प्रदेश सरकार जोगाउन आफु सफल भएको बताउदै भूमिहीन दलित, सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने इतिहासकै नमुना कार्य भएकोले यो कार्यमा कतिबद्द भएर सहयोग गर्न स्थानिय तहलाई मुख्यमन्त्री पोख्रेलले आग्रह गरे ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य माननीय रेवती रमण शर्माले देउखुरी क्षेत्रमा स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको र त्यसका लागी ट्रमा सेन्टर निर्माण गरेर दुर्घटनामा परेर घाईते भएका व्यक्तिहरुलाई उपचारबाट नयाँ जीवन प्रदान गरिने बताए । लमही अस्पताल क्षेत्रमा रक्त सञ्चार सेवा केन्द्रको स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै माननीय सांसद शर्माले रगतको अभाव हुन नदिन रक्त सञ्चार सेवा केन्द्रको भूमिका महत्वपूर्ण हुने शर्माको भनाई छ ।

प्रतिकृया

प्रतिकृया