तुलसीपुर,
६-फागुन/ तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर असर प्रतिवेदन २०७६ सार्वजनिक तथा एकिकृत शिक्षण सुधार मरामर्श कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पोख्रेलको प्रमुख आतिथ्यतामा तुलसीपुर उद्योग वाणिज्य संघको हलमा बिहीबार कार्यक्रम सम्पन्न भएको हो ।


                                                                                 ADVERTISEMENT


 


कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले कमजोर विद्यार्थीलाई नजिकबाट ननियाल्दासम्म शैक्षिक गुणस्तरमा सुधार नआउने बताए । विद्यार्थीलाई विद्यालयमा शिक्षकशिक्षिकाले विद्यार्थीलाई प्रोत्साहन गर्नु पर्ने भन्दै उनले उत्प्रेरणा प्रदान गर्न विद्यालयका प्रधानाध्यपकलाई आग्रह गरे ।

‘विद्यालयमा शिक्षक शिक्षिकाले नै विज्ञान, गणित र अंग्रेजी विषय किन पढ्न पर्ने भनेर विद्यार्थीलाई सिकाए पछि शैक्षिक गुणस्तर कस्तो होला ? शिक्षक स्वयम नै विद्यायलको जग भएकोले विद्यार्थीलाई हतोत्सहित भन्दा पनि विद्यार्थीलाई शिक्षाको जगमा बलिलो बनाए मात्रै पछि गएर राम्रो विषय लिएर अथवा प्राविधिक शिक्षा हासिल गर्न सकिन्छ भन्ने खालको उत्प्रेरणा प्रदान गर्नु पर्छ, उनले भने ।’

शिक्षा युवा तथा खेलकुद महाशाखा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा विशिष्ट अतिथि सुजिता शाक्य, दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयको असर सर्वेक्षण टिच फर नेपालको सहयोगमा सो प्रतिवेदन सार्वजनिक गरेको हो । तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा कक्षा चढाइ अनुसार सिकाइ उपलब्धी न्यून देखिएको तुलसीपुर असर प्रतिवेदनले देखाएको छ ।

साथै सर्वेक्षण २०७६ भदौ १ गतेदेखि ३१ गतेसम्म २८ हजार विद्यार्थीमा सर्वेक्षण गरिएको थियो । त्यस्तै कार्यक्रमको प्रतिवेदन तुलसीपुर उपमहानगरपालिकाका नगर शिक्षा सल्लाहाकार शिशिर खनालले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा अधिकृत चक्र भण्डारीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया