प्रिया स्मृती गजमेर, लमही
९-फागुन / नेपालकै दोस्रो लामो राप्ती पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री ओलीको नामांकीत शिलालेख तोडफोड गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । उक्त पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कस्ले र किन गरे भन्ने कुरा गर्भमै छ । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट घटनास्थलमा खटिएर अनुशन्धान गरिरहेको बताए ।


                                                                                 ADVERTISEMENT


 


‘पुल निर्माण पछि जग्गा दान गर्ने, सहयोग समिती, सल्लाहकारलाई प्रमाणपत्रले सम्मान गर्ने अपेक्षा थियो तर त्यो अनुसार भएन् । प्रमाणपत्र आएको थियो भन्ने सुनेका छौ त्यो उद्घाटनकै दिन दिएको भए हुने थियो पुल निर्माण समितिका सचीव खगेश्वर शर्माले भने ।’ उद्घाटन भएको केही समयपछि महदेवाका केही स्थानीयले पुलको नामाकारणका बारेमा चित्त नबुझेको भन्दै आएको निर्माण समितिका सचिवको भनाई छ ।

पुल निर्माण भएको स्थानको जग्गा धेरै जसो गढवा गाउँपालिका २ महदेवा क्षेत्रमा बसोबास गर्ने स्थानीयको भएकोले महदेवा सिसहनिया पुल हुनु पर्ने स्थानीयको भनाई छ । सिसहनिया र महदेवा राप्ती पुल भनेर पुलको नामाकरण भएको छ । ‘देशकै प्रधानमन्त्रीको नामांकीत भएको शिलालेख फुटाउनु गैरकानुनी काम हो शान्ति पुर्ण तरिकाले विरोध गर्नु प¥थ्यो तर फुटाएर गल्ती गरे शर्माले भने ।’

यो पुलको लम्बाई ८ सय ६५ मिटर लम्बाइ र साढे ७ मिटर चौडाई रहेको छ । यो पुलको लागत ९२ करोड ६६ लाख रहेको छ, यो पुल निर्धारित समय अघि नै सम्पन्न भएको हो । पुलको शिलान्यास पुष्प कमल दाहाल प्रचण्डले २०७३ साल मंसिर २२ मा गरेका थिए । २०७७ असारमा सम्पन्न भएको पुलको ७७ माघ १२ गते प्रधानमन्त्री केपि शर्मा ओलीले गरेका हुन् । त्यस्तै यो शिलालेख फुटे संगै देउखुरीको राजनीतिमा तरङ आएको छ ।

प्रतिकृया

प्रतिकृया