सल्यान
११-फागुन / १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका वडा नं. १५ निवासी १६ वर्षीय बालकलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको छ । आरोपी नाबालिक भएकाले ८ वर्षसम्म जेलमा बस्नु पर्ने भएको छ ।


                                                                                 ADVERTISEMENT


 


जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए । तर, आरोपित बालक १८ वर्ष नपुगेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले बताए । उनले बालबालिकाको हकमा दुई तिहाइको सजाय कम भएका कारण ८ वर्ष कैद सजाय भएको जानकारी दिए ।

०७६ माघ १२ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरुद्ध जाहेरी दर्ता गराएका थिए । आरोपितलाई ०७६ फागुन २९ गते अदालतको आदेशले बाल सुधार गृह नेपालगन्ज पठाइएको थियो ।

प्रतिकृया

प्रतिकृया