काठमाडौं
११-फागुन / महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका छन् ।


                                                                                 ADVERTISEMENT


 


विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख गरेका छन् । उनले आफूविरुद्ध षडयन्त्र गर्नेहरुले राजीनामा दिएको गलत हल्ला फैलाएको आरोप समेत लगाएका छन् ।

प्रतिकृया

प्रतिकृया