काठमाडौँ
१६-फागुन / नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो । उनको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको छ ।


                                                                                 ADVERTISEMENT

 


आईतबार बिहान गरिएको सिटी स्क्यान रिपोर्टमा सुधार देखिएको उपचारमा संलग्न डाक्टर राजिव झाले जानकारी दिए । अझै केही दिन यही विधिबाट उपचार गरेपछि मात्रै थप उपचार गर्न सकिने अस्पतालले जनाएको छ । उनको शरीरको देब्रेपट्टी समस्या देखिएको छ भने दाहिने पट्टीको भाग विस्तारै चल्दै गएको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया